गुनासो सुनुवाइ तथा व्यवस्थापन निर्देशिका सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

राजकुमार कार्की

असार १४ । एकद्धार संकट व्यवस्थापन केन्द्रको गुनासो सुनुवाई तथा व्यवस्थापन निर्देशिका हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अस्पताल रुम्जाटारका  प्रमुख डा. रवी यादवकोे अध्यक्षतामा एकद्धार संकट व्यवस्थापन केन्द्र सम्बन्धमा गुनासो सुनुवाइ र व्यवस्थापन सम्बन्धी निर्देशिकाबारे लछफल कार्यक्रम सम्पन्न भएको हो । यूएनएफपिएको आर्थिक सहयोग सिएमसी नेपाल र जिल्ला अस्पताल रुम्जाटार संगको सहकार्यमा शनिबार कार्यक्रम सम्पन्न भएको छ ।

यूएनएफपीएको आर्थीक सहयोगमा जुरी नेपालले एकद्धार संकट व्यवस्थापन केन्द्र सन्चालन गुनासो सुनुवाइ र व्यवस्थापन सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको थियो । लैंङ्गिक हिंसा पीडित वा प्रभावितहरुलाई प्रवाह गर्ने सेवाहरुलाई प्रभावकारी एवं प्रभावित मैत्री बनाउने उद्देश्यले एकद्धार संकट व्यवस्थापन केन्द्रको सन्चालन निर्देशिका तयार पारिएको थियो ।

हिंसा प्रभावित वा अन्य सरोकारवालाहरुले सेवाको सम्बन्धमा शिघ्र्र र सरल रुपमा गुनासो गर्न वा असतुष्टिवारे जानकारी गराउन सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शिघ्र, पारदर्शी, लैंङ्गिक संवेदनशील र प्रभावितमैत्री ढंगले सम्बोधन एवं व्यवस्थापन गर्न, केन्द्रमा आएका सबै पीडित वा प्रभावितहरूलाई केन्द्र मार्फत उपलब्ध गराउने सेवाहरू र उनीहरुको अधिकार, गुनासो सुनुवाइ र व्यवस्थापन निर्देशिका र यस अन्र्तगत गुनासो सुनुवाइ र व्यवस्थापन संयन्त्र र गुनासो व्यवस्थापन प्रक्रियाबारे जानकारी गराउने, र  गुनासो भएको अवस्थामा गुनासो दर्ता गर्न प्रोत्साहन गर्न यो निर्देशिका तयार पारिएको यूएनएफपिएका कार्यक्रम संयोजक रेखाश्रेष्ठले जानकारी दिनु भयो । 

त्यसैगरी मौखिक, लिखित, कार्यालयमै उपस्थित भएर, फोन, एसएमएस, इमेल, हुलाकमार्फत, उजुरी पेटीकामा राखेर उजुरी दिन सकिने ब्यवस्था रहेको जानकारी बताएका छन् । नाबालीग वा अपांगता भएका काणले आफै उजुरी तथा गुनासो दर्ता गर्न असमर्थ भएमा पिडितको सहमतिमा आफ्ना परिवारका सदस्यहरुले पनि गुनासो दर्ता गराउने सक्ने ब्यवस्था रहेको छ ।

गुनासो ब्यवस्थापन गर्दा अपनाउनु पर्ने निर्देशक सिद्धान्तहरु बारे गहन रुपमा छलफल पनि गरिएको थियो । प्रत्येक उजुरीकर्तालाई उजुरी कसरी प्राप्त हुन्छ, प्रशोधन र समाधान गरिन्छ भन्ने सन्दर्भमा प्रष्ट बनाउनु पर्दछ । स्थानीय प्रचलीत भाषा, सांकेतिक र ब्रेल भाषाबाट पनि गुनासो गर्न सकिन्छ । जस्ता लागयतका विषयमा प्रष्ट बनाईएको थियो ।

कार्यक्रमको अन्त्यमा यस एकद्धार संकट व्यवस्थापनकेन्द्र सम्बन्धमा गुनासो सुनुवाइ र व्यवस्थापन सम्बन्धी निर्देशिका जिल्ला अस्पताल रुम्जाटारका प्रमुख डा रवी यादवलाई हस्तान्तरण गरिएकको थियो । हस्तान्तरणको क्रममा यो निर्देशिकालाई आगामी अस्पताल व्यवस्थापन समितिमा छलफल गरिने र गुनासो सुनुवाइ र व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत गरिएको छ । छलफल कार्यक्रममा जिल्लाअस्पताल रुम्जाटारका कर्मचारी र  एकद्धार संकट व्यवस्थापन केन्द्रका कर्मचारीहरुको सहभागीता रहेको थियो । सिएमसी नेपालका मनोपरामर्शकर्ता कमला सिग्देलले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया