काठमाण्डौमा नगरको शिविर सम्पन्न, करिब २ लाख राजश्व संकलन


राजकुमार कार्की

 भदौ १७ । सिद्धिचरण नगरपालिकाले काठमाण्डौमा सन्चालन गरेको शिविरमा १ लाख ९६ हजार ११३ राजश्व संकलन भएको छ । आइतबार देखि शुरु भएको दुई दिने शिविरमा विभिन्न सेवा वितरण संगै राजश्व संकलन भएको हो । नगरपालिका बाट कामको सिलसिलामा वा विभिन्न कारणले काठमाण्डौमा बसोबास गर्ने बृद्धबृद्धा लगायतका नागरिकलाई सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको नगर प्रमुख तेजेन्द खनालले बताउनु भयो ।

शिविरमा २६५ जनाको सामाजिक सुरक्षा भत्ताको विवरण दर्ता तथा नविकरण गरिएको छ । १०६ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको भने । जन्मदर्ता प्रमाणपत्र ५० वटा, मृत्यु दर्ता ५ वटा, विवाह दर्ता २१ जोडी, बसाईसराई ९ परिवार, सम्बन्ध विच्छेद २ जोडी, नाता प्रमाणीत ४२ वटा वितरण गरिएको छ । वडा कार्यालयबाट अन्य सिफारिश ४२० वटा र ज्येष्ठ नागरिक परिचय पत्र ५ वटा वितरण गरिएको छ । गाउँको सेवा शहरमै पाएपछि नागरिकहरु खुशी भएका छन् । बृद्धबृद्धालाई गाडीको यात्रा कठिन हुन्थ्यो तर नगरले शहरमा सेवा सेवा दिन आएकोमा नगरको टिमलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया