राजकुमार कार्की
भदौ २५ । जिल्लाका दुईवटा स्थानीय
तहमा लैंगिक हिंसा निवारण कोष सन्चालन सम्बन्धी छलफल सम्पन्न भएको छ । सिद्धिचरण
नगरपालिका र चिशंखुगढी गाउँपालिकामा कोष सन्चालन सम्बन्धी छलफल भएको हो । लैंगिक
हिंसा निवारण कोषको प्रभावकारी प्रयोग र लैंगिक हिंसा उन्मुलन तथा पिडित संरक्षणका
लागि ऐन,
नियमावली बनाउने
विषयमा छलफल भएको युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।
छलफलमा ऐन तथा नियमावलीको प्रारम्भिक
मस्यौदा तयार गर्न जुरी नेपाललाई जिम्मेवारी दिएको जानकारी दिएका छन् । चिशंखुगढी
गाउँपालिकाको आयोजनामा २३ गते र नगरको आयोजनामा २४ गते छुट्टाछुट्टै छलफल
कार्यक्रम भएको थियो । स्थानीय तहको आयोजना जुरी नेपालको सहकार्य र युएनएफपीएको
आर्थीक सहयोगमा छलफल कार्यक्रम गरिएको थियो । मस्यौदा तयारी तथा कानुन निर्माणका
लागि प्राविधिक सहयोग जुरी नेपालले गर्नेछ भने त्यसको आर्थीक सहयोग युएनएफपीएले
गर्ने संयोजक श्रेष्ठले बताउनुभयो ।
‘नगरक्षेत्रभित्र
लैंगिक हिंसा कम गर्न विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेका छौ, हिंसा सम्बन्धी नीति
बनाएर काम गर्दा थप सजिलो हुने भएकाले नीतिलाई तत्काल निर्माण गरी कार्यान्वयनमा
लैजान्छौ’ नगरप्रमुख तेजन खनालले भन्नुभयो ।
छलफलमा आएका महत्वपूर्ण सुझावहरुलाई समेट्दै
कार्यपालिकामा छलफल गरेर अगाडी बढ्ने नगर उपप्रमुख केदारबाबु बस्नेतले बताउनु भयो
।
संघिय सरकारले संविधानअनुसार प्रतिस्थापन
विधेयक ल्याउन नसकेका कारण स्थानीय तहमा काम गर्न समस्या भएको चिशंखुगढी
गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनु भयो ।