राजकुमार कार्की
ओखलढुंगा कातिक २४ । स्वास्थ्य संस्थाहरुमा
कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्राथमिक मनोवैज्ञानिक सहयोग सम्बन्धीको तालीम
सम्पन्न भएको छ । सदरमुकामस्थित मायरा होटलमा तीनदिन देखि चलेको तालीम आइतबार
सम्पन्न भएको हो । सिद्धिचरण नगरप्रमुख तेजेन्द्र खनालको अध्यक्षतामा तालीमको
समापन गरिएको थियो । युएनएफपीएको आर्थीक सहयोग र टिपीओ नेपालको प्राविधिक सहयोगमा
तालीमको आयोजना गरिएको युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।
सिद्धिचरण नगरपालिकाका ३ वटा स्वास्थ्य
संस्था र चिशंखुगढी गाउँपालिकाका ५ वटा स्वास्थ्य संस्थामा कार्यरत
स्वास्थ्यकर्मीहरुलाई तालीम दिएको प्रशिक्षक प्रेमनाथ भट्टराईले जानकारी दिनुभयो ।
तालीममा सिद्धिचरण नगरपालिका अन्तर्गत स्वास्थ्य चौकी ओखलढुंगा, स्वास्थ्य चौकी
बेतिनी र स्वास्थ्य चौकी नारायणस्थान र चिशंखुगढी गाउँपालिका अन्तर्गत
स्वास्थ्यचौकी दियाले, स्वास्थ्य चौकी भदौरे, स्वास्थ्यचौकी कुइभिर, स्वास्थ्यचौकी माम्खा
र स्वास्थ्यचौकी रातमाटेमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
स्वास्थ्य संस्थामा आउने विरामीहरुको
प्रारम्भिक मनोसामाजिक समस्याहरुका लक्षण पहिचान लगायत भावनात्मक सहयोग र आवश्यक
सेवामा रेफर गर्न सक्ने सिपको विकास गराउने उदेश्यले तालीमको आयोजना गरिएको
प्रशिक्षक कुमार पौडेलले जानकारी दिनुभयो । समापन कार्यक्रममा बोल्दै युएनएफपीए
जिल्ला संयोजक श्रेष्ठले समाजमा आर्थीक, सामाजिक, राजनीतिक, धार्मीक, नैतिक, पारिवारिक लगायतका
विभिन्न कारणले हिंसा हुने र हिंसाले
मानसिक स्वास्थ्यमा गम्भिर असर गर्ने बताउनुभयो । उहाँका अनुसार, ‘हिंसा जहा पनि जहिले
पनि र जुनसुकै अवस्थामा पनि हुन सक्दछ ।’ समापन कार्यक्रममा
बोल्दै कार्यक्रमका सभापति एवं सिद्धिचरण
नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले विदेशको तुलनामा नेपालका नागरिक स्वास्थ्यमा
कम पहुँच भएका कारण सामान्य नागरिकले उपचार गर्नै नसक्ने अवस्था रहेको बताउनु भयो
। समयमा मानसिक स्वास्थ्य उपचार नपाउने समस्या रहेको बताउदै, तालीमले रोगको पहिचान
गरी आफै उपचार गर्न सक्ने वा रिफर गर्न सक्ने क्षमताको विकास भएकाले समुदायस्तर
सम्म पुग्ने विश्वास रहेको प्रमुख खनालले बताउनु यभो ।