नेपालको लोकतान्त्रीक संविधान निष्तेज नपार्न नागरिक समाज ओखलढुंगाको आग्रह


राजकुमार कार्की

 भदौ २६ । नागरिक समाज ओखलढुंगाले नेपालको लोकतान्त्रीक संविधान निष्तेज नगरी निकाश निकाल्न आग्रह गरेको छ । नगारिक सर्वाेच्चता, प्रेस तथा अभिब्यक्ति  स्वतन्त्रता, मानवअधिकारको सुनिश्चित्ताको ग्यारेन्टीको माग गर्दै बिहिबार अपिल मार्फत आग्रह गरेको हो ।

जेन्जी समुहले गरेको शान्तिपूर्ण आन्दोलनले सत्तालाई आत्मसमर्पण गर्न बाध्य बनाएको छ । यो समचार तयार पार्दासम्म आन्दोलनका कारण २३ जना युवा योद्धाले ज्यान गुमाइसकेका छन् भने  सयौँ युवा योद्धाहरु घाइते अवस्थामा विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । अहिले नेपालमा सरकार नभएको संक्रमणकालीन अवस्थामा रहेको र  नेपालको लोकतान्त्रीक संविधान माथी आक्रमण हुनसक्ने भएकाले संविधान जोगाउन माग गरिएको छ । सुशासनको माग गर्दै आन्दोलन गरेको जेन्जी समुहको मागको सार भ्रष्टचारको पूर्ण नियन्त्रण र वर्तमान शासकीय स्वरुपमा आमूल परिवर्तन गर्नु थियो । तर संविधान लाई नै निष्क्रिय बनाई जनताको लोकतान्त्रीक अधिकार नै हनन हुने नेपाली नागरिकमा शंका उत्पन्न भएको अपिलमा भनिएको छ ।

'०६२÷०६३ को जनक्रान्तिले ल्याएको उपलब्धि खोसिने गरी पश्चगमनको यात्रामा नजान, बैदेशिक हस्तक्षेप सामु नझुक्न नेपाली सेना र आन्दोलनरत पक्षको गम्भीर ध्यानाकर्षण गराउदै, खबरदारी गराउदछौ । अन्यथा लोकतन्त्र, मानवअधिरकार र पूर्ण प्रेस स्वतन्त्रताका बिरुद्ध हुने जुनकुनै किसिमका सम्झौता वा बैदेशिक हस्तक्षेपहरुका बिरुद्ध सशक्त प्रतिवाद गर्ने जानकारी गराउन चाहान्छौ । भनिएको छ ।

लोकतन्त्रका लागि नागरिक अभियान ओखलढुंगा नेपाल


प्रतिक्रिया