२१ पुस, ओखलढुंगा । विद्यालय ब्यवस्थापन समितिमा महिला नेतृत्व बिरलै सुन्ने गरिन्छ । ऐनमा महिला सदस्य अनिवार्य भएपनि महिलाले अध्यक्ष पदमा भने दावी गरको पाइदैन । कतिपय विद्यालयहरुमा त महिला खोजेर जबरजस्त सदस्यमा राख्नुपर्ने अवस्था छ । तर सुनकोशी गाउँपालिकाको वडा नं. ३ स्थित पन्चकन्या माध्यमिक विद्यालयमा महिलाको नेतृत्वमा ब्यवस्थापन समिति गठन भएको छ । सुष्मा राइ, सर्वसहमत अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । बिहिबार भएको ब्यवस्थापन समितिको चुनावमा राइलाई सर्वसहमत अध्यक्ष चुनेका हुन । अध्यक्ष सुष्मा राई, सदस्यहरु देवी तिम्सिना, ठगेन्द्र पण्डित, कुमार बहादुर श्रेष्ठ, भुरुणा राई, मुना मगर (राइ) लगायत ६ सदस्यीय समिति गठन भएको नवराज खड्काले जानकारी दिए ।
२१ पुस २०७९, बिहिबार ०७:०५ मा प्रकाशित
820