माघ १४ । पूर्वगृहमन्त्री एवं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीले एक करोड धरौटी माग गरेको छ ।
जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी
मुद्दाको थुनछेक बहसपछि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको हो । लामिछाने
जिल्ला अदालतमा एक करोड रुपैयाँ बैंक जमानत बुझाएर थुनामुक्त हुनुभएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले रवि
लामिछानेमाथि व्यक्तिगत रूपमा दुई करोड ऋण लिएको र गोर्खा मिडियामा थप दुई करोड
रुपैयाँ ऋण प्रवाह भएको भन्ने आधार देखाई चार करोड रुपैयाँ बिगो मागदावी गरेको
थियो । लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा
दायर गरेको थियो । आरोपितहरूमाथि एकमुष्ट रूपमा भने १० करोड ९९ लाख रुपैयाँ बिगो
मागदावी गरिएको छ । थुनछेक बहसपछि रवि
लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग र सम्पत्ति रोक्का गर्न समेत आदेश भएको छ ।