नेपाली कांग्रेस अहिलेको नेतृत्वमा चुनावमा जानु प्रत्युत्पादक हुन्छ


असोज २८ । नेपाली कांग्रेसले सच्चिएको कांग्रेसको प्रत्याभूति दिलाउन सामाजिक मनोविज्ञानलाई गहिरो गरी बुझ्नु पर्दछ । फागुन २१ को निर्बाचनमा उही नेतृत्व र उही प्रवृती लिएर मैदान उत्रिने काम प्रत्युत्पादक हुनेछ । २००३ सालमा स्थापना भएदेखि नेपाली कांग्रेस हाल सम्म प्रमुख राजनीतिक शक्ति रहँदै आएको सर्बविदितै छ । स्थापना भएदेखि पहिलोपटक कांग्रेसको सहभागिता बिना आन्दोलन भएको छ । पञ्चायत कालमा पार्टी प्रतिबन्धित र नेताहरू जेल वा निर्वासनमा भएपनि कांग्रेस प्रमुख राजनीतिक शक्ति थियो । प्रमुख राजनीतिक मुद्दामा कांग्रेसको दृष्टिकोणलाई दरबार र सरकारले समेत नोटिस मा लिने गर्थ्यो । बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला लगायतका संस्थापक नेताहरुले कांग्रेस स्थापना गर्ने क्रममा शायदै सोचेका पनि थिएनन् होलान् कि इतिहासको कुनै कालखण्डमा कांग्रेस यस्तो आबस्थामा पुग्ने छ भनेर । हालको परिस्थितिलाई पार्टीको मूल नेतृत्वले यसको जिम्मेवारी लिनुपर्छ । आफुले अख्तियार गरेको नीति तथा रणनीति असफल भएपछि नैतिकताको आधारमा नयाँ नेतृत्वको लागि मार्ग प्रसस्थ गरि सहयोग गर्नुपर्छ । हालको नेतृत्वले नयाँ नेतृत्वको लागि मार्ग प्रसस्थ गर्नुको सट्टा केन्द्रीय समितीको बैठक वस्न पनि महिनौं लगाएर बस्नु हुन्न थियो । वास्तविकतालाई सम्पूर्ण कांग्रेसजनहरूले आत्मविश्वासका साथ आत्मसात गर्नु आवश्यक छ । विचार, सिद्धान्त र नीतिका आधारमा पार्टी रूपान्तरण गर्ने वैचारिक नेतृत्व अहिलेको आवश्यकता हो । यदि युवा पुस्ताको भावनाअनुसार पुस्तान्तरणसहितको त्यस्तो नेतृत्व चयन गरी युवा पुस्ताको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएन भने यथास्थितिमा कांग्रेसको भविष्य अन्धकार मात्रै होइन, औचित्य विहिन बन्न सक्छ । त्यसैले समयमै नियमित महाधिवेशन गर्नै पर्छ । नियमित महाधिवेशनको समय प्रयाप्त नभए नियमित महाधिवेशन समयमा सम्पन्न गर्न र युवाहरुलाइ सहभगी गराउन वडा, क्षेत्र, जिल्लाका संगठनलाई सकृय वनाएर छिटो छरितो तरिकाले कृयाशिल नबिकरण तथा नयाँका लागि आवश्यक कार्यहरू सम्पन गरी पार्टी रूपान्तरणका लागि नियमित होस वा बिशेष महाधिवेशन, छिटो भन्दा छिटो गरी आम नागरिकको अपेक्षा अनुरुपको नयाँ नेतृत्व पहिलो र अनिवार्य आवश्यकता हो ।

            जयनेपाल !

(लेखक : खिलानाथ लुइटेल नेपाली कांग्रेस ओखलढुंगा काठमाण्डौ सम्पर्क समितिका सभापति हुनुहुन्छ)

प्रतिक्रिया