राजकुमार कार्की
चैत १४ । गाईवस्तुको मल बोकेर हिडेको ट󠅄«याक्टर चिप्लिएर दुरर्घटना हुँदा ब्यक्तिको
घरमाथी खसेको छ । शनिवार दिउसो करिब १ बजेको समयमा स्थानीय भिममाया रुचालको घर
माथी खसेको हो ।
जिल्लाको मानेभञ्याङ्ग गाउँपालिका–१, नेपानेस्थित भित्री
कच्ची सडकमा ट󠅄«याक्टर दुर्घटना भएको थियो । खेतबारीमा प्रयोग गर्नको लागि गाईवस्तुको मल
बोकेर हिँडेको प्र १–०७००१ त ००३८ नं को ट󠅄«याक्टर अनियन्त्रीत भई सडकबाट करिब १० मिटर
तल ब्यक्तिको घरमा खसेको थियो । सडक भन्दा
तल रहेको भिम माया रुचालको घरको पश्चिमपट्टि छानोमाथी ठोक्कीएको थियो ।
ढुंगामाटोले बनेको जस्ताको छानो भएको एकतले घर सामान्य क्षति भएको प्रहरीले
जानकारी दिएको छ ।
ट󠅄«याक्टर चालक मानेभञ्ज्याङ्ग–१, फस्कुका अन्दाजी २१
वर्षीय पवन राई सामान्य घाईते हुनुभएको छ । टाउको चोट भएको र उपचारका लागि स्थानीय
स्वास्थ्य चौकीमा पठाईएको प्रहरीले जानकारी दिएको छ । समचार तयार पार्दा सम्म
ट󠅄«याक्टर घट्नास्थलमै रहेको छ ।