राजकुमार कार्की
भदौ १ । रोल्पा जिल्लाको छलङ
गाउँपालिका ९, भिरुल स्थाई घर भएका ६२ वर्षीय चुकेन्द्र बुढामगर मोलुङ -४ मा मृत फेला
परेका छन् । जिल्लाको मोलुङ-४ स्थित घलेगाउँको घट्टेखोलामा आईतबार मृतअवस्थामा फेला परेका हुन । मगर विगत १० वर्षदेखि कटुन्जे
ससुराली घरमा बस्दै आएका थिए । शनिबार दिउसो करिब १० बजेको समयमा माछा मार्न
जान्छु भनी घरबाट हिडेका थिए । लामो समय सम्म घरमा नफर्केपछि ससुरालीले खोजी कार्य
गरेका थिए । खोजी गर्ने क्रममा आइतबार खोलामा डुबेर मृत अवस्थामा फेला परेको
बताएका छन् । घलेगाउँको घट्टे खोलास्थित पानीभित्र घोप्टो परेर डुबीरहेको अवस्थामा
आइतबार बिहान करिब ११ बजेको समयमा फेला परेको परिवार श्रोतले बताएको छ । ईलाका
प्रहरी कार्यालय बरुणेश्वरबाट गएको प्रहरी निरिक्षकको टोलीले आवश्यक कानूनी
प्रकृया पुरा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।