राजकुमार कार्की
भदौ ९ । युएनएफपीएको आयोजनामा
लैंगिक उत्तरदायी बजेट सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सिद्धिचरण
नगरपालिकाका १२ वटै वडाका अध्यक्ष र दलित महिला सदस्य बिचमा अन्तरकृया कार्यक्रम
गरिएको हो । आर्थीक वर्ष ०८२÷०८३ का लागि नगरसभाबाट पारित लैंगिक उत्तरदायी
बजेटको बारेमा छलफल भएको थियो । गत असार ५ गते लैंगिक बजेट विनियोजन गर्न नगरका
सरोकारवाला ब्यक्तिहरु सँग छलफल गरिएको थियो । सोई अनुसार यो आर्थीक वर्षमा लैंगिक
उत्तरदायी बजेटको अवस्थाको बारेमा छलफल भएको युएनएफपीएका जिल्ला संयोजक रेखा
श्रेष्ठले जानकारी दिनुभयो ।
नगर उपप्रमुख केदारबाबु बस्नेतको
अध्यक्षतामा कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई समापन गर्दै
उपप्रमुख बस्नेतले, नगरक्षेत्र भित्रका नागरिकलाई हिंसामा पर्न नदिन र हिंसामा परेका लक्षीत
वर्गलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भनेर उच्च प्राथमिक्ता राखेर बजेटको ब्यवस्था
गरेको बताउनु भयो । नगरपालिकाले लैंगिक हिंसा रोकथाम सम्बन्धी नीति, कार्यक्रम र योजना
बनाएर कार्यान्वयन गरिरहेकाले सुशासनको क्षेत्रमा समेत सिद्धिचरण नगरपालिका अगाडी
नै रहेको वडा नं ९ का अध्यक्ष गुण बहादुर खड्काले बताउनु भयो । दलितको क्षेत्रमा
बजेटको दायरा बढाउदै लैजानुपर्ने कार्यपालिका सदस्य चौसिला बिशंखेले बताउनु भयो ।
कार्यक्रममा लैंगित हिंसाको अवस्थाको बारेमा
युएनएफपीएकी जिल्ला संयोजक श्रेष्ठले प्रस्ट पार्नुभएको थियो ।