'बीपी कोइरालाको पत्र' भाग–१


राजकुमार कार्की

 असोज २७ । मुलुकको इतिहास एउटा दारुण भयङकर कालरात्रिलाई पार गरेर आज जुन प्रकारले नयाँ युगको सुत्रपात हुन लागेको छ, त्यसले ल्याएको चुनौतिको सामना गर्नुपरिरहेको यस अवसरमा आदर्शहरु प्रति समान रुपले निष्ठावान रहने, विगतका संघर्ष, त्याग र बलिदानहरुबाट समान रुपले प्रेरित रहेका भविष्यका जिम्मेवारीहरुलाई समान रुपमाले काँध थाप्न तत्पर रहने प्रजातान्त्रिक समाजबादका कर्मठ कर्णाधारहरुलार्ई यस पत्रद्वारा केहि भन्न पाउँदा आफुलाई गौरवान्वित ठानेको छु ।

साथी हो !

हामीले अनुशरण गरेका आदर्शहरुले हामीलाई जुन पकारले संघर्ष, त्याग र बलिदानको अनुपम किर्तिमान स्थापित गर्ने साहस र शक्ति दिएका थिए । त्यसै क्रममा जेठ १० गतेका दिन जनमतसंग्रहका लागि भएको शाहि घोषणा पछि हामी राष्ट्रिय जीवनको एउटा महत्वपूर्ण दोसाँधलाई पार गर्दैछौ । हाँमी पुनः एउटा नयाँ ऐतिहाँसिक जिम्मेवारी बोक्न अघि बढीरहेका छौँ । म यस पत्रद्वारा हाम्रा विगतमा अनुभवहरुको विवेचना गर्दै भवष्यका यात्राका लक्ष्य र बाधाका चेतावनीहरुलाई पनि औँल्याउन चाहन्छु । हाम्रा सहि र यथार्थबादी धारणाहरु र निष्ठापुर्ण अनुशरणमा हाम्रा सफल्ताहरु निर्भर गर्नेछन् । तसर्थ अहिले देखा परेको परिवर्तनको रफ्तारलाई तेज बनाउन बाञ्छित दिशा दिनका लागि सचेत बन्नु हाम्रो ऐतिहाँसिक जिम्मेवारी बन्न गएको छ ।

२००७ सालको क्रान्तिका बखत हामीले मुलुकमा विद्यमान क्रान्तिकारी परिस्थितिको ठीक निदान गर्न सकेको हुनाले नै हामीले त्यस क्रान्तिको नेतृत्व ग¥यौ र देशमा प्रजातन्त्रको एउटा नयाँयुगको प्रादुर्भाव संभव पा¥यौँ । हामीले परिवर्तनको ब्यापक राष्ट्रिय आकाँक्षालाई सहिरुपमा पहिचान गर्न सकेको सर्वोत्कृष्ट प्रमाण थियो । स्वयम श्री ५ त्रिभुवनको पनि त्यस क्रान्तिलाई सहयोग दिने सहि निर्णय, र संघर्षका लागि राजा जनता एउटै लहरमा उभिनु त्यस क्रान्तिको विलक्षणता थियो । त्यस बखत राजा र जनताको अपूर्व सहयोग र समझदारी कायम रहन नसकेको भए संभवतः क्रान्ति त्यति छिटो  सजिलैसँग सम्पन्न हुने थिएन ।

तर क्रान्ति स्वयम लक्ष्य थिएन, त्यसले त एउटा अवरोध हटाएको थियो । त्यस्तो अवरोध, जसले जनतालाई राष्ट्रको गरिमा दिएको थिएन । जसले जनतालाई आधुनिक्ता र विकासका सबै सुविधा र फलहरुबाट बञ्चित गरेको थियो, त्यहि अवरोध हटाईको थियो ।

क्रान्तिपछि राष्ट्रिय राजनीतिमा प्रादुर्भाव भएका विभिन्न राजनीतिक शक्ति र तत्वहरुबीच आपसी सम्बन्धहरुको निर्धारण प्रकृया ज्यादै कठिन र संकटापन्न हुँदै गयो । सम्बन्ध निर्धारणको प्रकृयामा खलबलिदै जानाले २००७ सालको क्रान्तिमा राजा र जनाताबीच खडा भएको एकता र समझदारी पनि खलबलीदै जाँदा षड्यन्त्र र अवसरबादी राजनीतिको बोलवाला बढ्दै गयो । क्रान्तिका आदर्शहरु पूरा गर्नु भन्दा आफ्नो स्थितिमात्र सुदृढ गर्दैजाने राजाको प्रवृतिले गर्दा उसलाई षड्यन्त्रकारी र अवसरबादी तत्वहरुको घेराले ढाक्दै गयो । अव प्रजातन्त्रको संस्थागत सुदृढिकरणको हाम्रो प्रयत्न एक्लो र कठिन हुँदै गयो । यस कठिन संक्रमणकालमा राजा र जनता एउटै किनारमा टिक्न नसक्दा राष्ट्रिय राजनीति झन विथोलिदै गयो । बेलाबेलामा अविश्वास र मतभेदका कारणबाट मात्र होइन संघर्षका कटु कारणबाट पनि राष्ट्रिय राजनीतिक प्रमुख निर्णायक तत्वहरु राजा र जनताको सम्बन्ध र समझदारी हराउदै जान लाग्यो । मूलुकमा राजनीतिक अस्थिरता बढ्दै गयो । त्यस प्रश्नमा तत्कालीन न्यायलयसम्म विवाद पुग्दा पनि त्यो शाहिघोषणाले बैधानीक मान्यता पाउनुको साटो राजनीतिक महत्व मात्र कायम रहन गयो ।

बाँकी अंश अर्को अङकमा...............................

-विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेखबाट_

 

 

प्रतिक्रिया